जेष्ठ ५, २०८२ आईतबार

बिर्तामोडका सेवा निवृत्त कर्मचारीलाई विदाई, जग्गादातालाई सम्मान

बिर्तामोड । बिर्तामोड नगरपालिकाले जग्गा दाता सम्मान र सेवा निवृत्त कर्मचारीलाई विदाई गरेको छ । दोस्रो नगरसभाको पाँचौ अधिवेशनका अवसरमा सोमवार नगरपालिकामा आयोजित कार्यक्रमका बीच जग्गा दातालाई सम्मान र सेवा निवृत कर्मचारीलाई विदाई गरेको हो ।

सम्मानित हुनेमा वडा नम्बर ४ को स्वास्थ्य चौकी भवन निर्माणका लागि १ कट्ठा १० धुर जग्गा प्रदान गर्ने भिमकला राउत रहनु भएको छ । यस्तै विदाई हुनेमा सेवा निवृत कर्मचारी शिक्षा अधिकृत दिनेश प्रसाद आचार्य, कर्मचारीहरु बालकृष्ण गिरी, मणिकुमार राई, चन्द्र प्रसाद पौडेल, नारायण प्रसाद भट्टराई, हेमनाथ तिम्सिना, रोष्टा कन्दङ्वा र भोगेन्द्र थापा मगर रहनु भएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले सम्मानपत्रसहित सेवा निवृत्त कर्मचारीलाई विदाई गर्नुभएको छ ।

प्रकाशित मिति : असार १२, २०८१ मंगलबार  १० : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]