Banner news

सभामुखबाट शनिश्चरे अस्पतालको शल्यक्रिया सेवा सुरु उद्घाटन, तीन सय परिवारको स्वास्थ्य बीमा

सभामुखबाट शनिश्चरे अस्पतालको शल्यक्रिया सेवा सुरु उद्घाटन, तीन सय परिवारको स्वास्थ्य बीमा

;efd’v l3ld/]åf/f zNolqmof ;]jf pb3f6g algofgL, @) c;f/M ;efd’v b]j/fh l3ld/] laxLaf/ emfkfsf] ch'{gwf/f gu/kflnsfl:yt gu/ c:ktfnn] ;~rfngdf NofPsf] zNolqmof ;]jf sfo{qmd pb3f6g ub}{ . tl:a/M ;Gtf]if zdf{÷/f;;

अर्जुनधारा । सभामुख देवराज घिमिरेले झापाको अर्जुनधारास्थित शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवाको उद्घाटन गरेका छन् । उद्घाटनसँगै अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ ।

नगर अस्पतालमा अत्याधुनिक उपकरण जडान भएसँगै सुविधासम्पन्न शल्यक्रिया सेवा सुरु भएको हो । गुणस्तरीय सेवा प्रदान गर्नका लागि दक्ष जनशक्ति र उपकरणको जडानसँगै सेवा सुरु गरिएको नगरप्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए ।

‘शल्यक्रियासहितको आमा तथा नवजात सिसु सुरक्षा कार्यक्रम तथा विस्तारित शल्यक्रिया सेवा’ सञ्चालन भएको छ ।
‘शनिश्चरे अस्पतालमा अपरेसनसहितको सेवा सुरु भएपछि अकालमा कुनै आमाले मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, उद्घाटनपछि सभामुख घिमिरेले भने, ‘सबै पक्षको सहयोग रह्यो भने अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न सक्छ ।’

 

बालबालिकाहरुलाई गर्भदेखि नै बाँच्न पाउने अधिकारका लागि पनि आधारभूत स्वास्थ्य सेवा उपलब्ध भएको उनको भनाइ छ । उनले आफ्नोतर्फबाट निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।

नगरप्रमुख गोम्देनले लामो समयको प्रयासपछि शल्यक्रिया सेवा सुरु गर्न सकेको बताए । उनले अर्जुनधाराका नागरिकलाई उच्चस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका क्रियाशील रहेको बताए ।

उपकरण खरिदमा यस क्षेत्रका सांसदसमेत रहेका सभामुख घिमिरे र उनको सचिवालयले प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए ।
न्यून आर्थिक अवस्थाका नगरबासीलाई उपचारका लागि नगर तथा वडाबाट चन्दा उठाउन सिफारिस दिनुको साटो अब शनिश्चरे अस्पतालमा सबैखालको उपचार गर्न सक्ने प्रविधि र जनशक्ति उपलब्ध रहेको गोम्देनको भनाइ छ । उनले शनिश्चरे अस्पतालमा उपचारका लागि आउन सबैमा आग्रह पनि गरेका छन् ।

तीन सय परिवारको निःशुल्क स्वास्थ्य बीमा
अर्जुनधारा नगरपालिकाले विपन्न आर्थिक अवस्थाका तीन सय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।
नगरप्रमुख बलदेवसिंह गोम्देनको पहलमा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको हो । गोम्देनको अनुरोधमा विभिन्न दाताहरुले २०० परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गर्न तयार रहेको जानकारी उनले दिए ।

‘इच वान हेल्प वान’ अभियानअन्तर्गत नगरले २०० परिवारलाई बीमा शुल्कबापतको ३ हजार ५०० रुपैयाँ प्रतिपरिवारको दरले उपलब्ध गराउने सहमति गरिएको उनले बताए । गोम्देन आफैँले दिवंगत मातापिताको स्मरणमा १०० परिवारको बीमा गरिदिने घोषणा गरेको जानकारी उनले दिए ।
आधारभूत स्वास्थ्य सेवाबाट नगरका कुनै नागरिक बञ्चित हुनु हुँँदैन भन्दै गोम्देनले सहयोगी दाताहरुसँग सहकार्य गरेर नगरका अझ धेरै विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने वातावरण बनाउने बताए ।

शेयर गर्नुहोस :

0
Shares