मुख्य समाचार

देवी माविको अखिल क्रान्तिकारी अनेरास्ववियुमा समाहित

देवी माविको अखिल क्रान्तिकारी अनेरास्ववियुमा समाहित


बिर्तामोड । बिर्तामोडस्थित देवी माविमा गठित अखिल क्रान्तिकारीको नयाँ कमिटी अनेरास्ववियुमा समाहित भएको छ ।

अनेरास्ववियु झापाका इञ्चार्ज रोशन लामाका अनुसार देवी माविको अखिल क्रान्तिकारी अनेरास्ववियुमा समाहित भएको हो । क्रान्तिकारीका अध्यक्ष उत्सव ढुङ्गेल, उपाध्यक्ष, सहसचिवसहित सदस्यहरु अनेरास्ववियुमा प्रवेश गरेको लामाको भनाई छ ।

उनीहरुलाई एमाले झापाका अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष शिव ढुङगेल र सचिव तुलसी कार्की लगायतले अनेरास्ववियु प्रवेश गर्ने विद्यार्थीहरुलाई स्वागत गरेका छन् ।

शेयर गर्नुहोस :

0
Shares