आर्थिक

वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत राजस्व सङ्कलन

वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत राजस्व सङ्कलन

TAX Concept.Word tax put on coins and glass bottles with coins inside on white background.

भद्रपुर, ३ भदौः आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिनामा रु ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत हो ।

आन्तरिक राजस्व कार्यालयको चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एंव कर अधिकृत भीमप्रसाद आचार्यले जानकारी दिनुभयो । “साउनमा रु ३२ करोड ८७ लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ९१ दशमलव ९५ प्रतिशत राजस्व सङ्कलन भयो, लक्ष्यअनुसार राजस्व सङ्कलन भएन”, उहाँले भन्नुभयो ।

आन्तरिक राजस्व कार्यालयले साउनमा आयकरबाट रु आठ करोड ९१ लाख तीन हजार, ब्याजबापत रु दुई करोड ४० लाख ८७ हजार, मूल्य अभिवृद्धि करबापत रु ११ करोड ६५ लाख २९ हजार र अन्तःशुल्कबापत रु छ करोड ८९ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । गत आव २०८०-८१ को पहिलो महिनामा रु २८ करोड ९६ लाख राजश्व सङ्कलन भएको कर अधिकृत आचार्यले बताउनुभयो ।

शेयर गर्नुहोस :

0
Shares