मुख्य समाचार

जसपा सुनसरीका अध्यक्ष रवीन राई एमालेमा प्रवेश

जसपा सुनसरीका अध्यक्ष रवीन राई एमालेमा प्रवेश


सुनसरी। जनता समाजवादी पार्टी (जसपा) सुनसरीका जिल्ला कमिटी अध्यक्ष रवीन राई नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

शुक्रबार नेकपा एमाले सुनसरी जिल्ला कमिटीको प्रथम पुर्णबैठकमा राई एमाले प्रवेश गर्नुभएको हो । राई लगायत एमाले प्रवेश गर्ने नेताहरूलाई नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राई लगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभयो ।

बैठकले मिसन २०८४ लाई केन्द्रित गरी पार्टीका जिल्ला नेताहरूको कार्यविभाजन गर्नुका साथै वार्षिक कार्ययोजना र बजेट समेत निर्माण गरेको छ ।

एमाले प्रवेश गर्नुभएका राईले नेपालको राजनीतिक आन्दोलनको मूलधार नेकपा एमाले नै भएकाले आफू एमालेमा समाहित भएको बताउनुभयो । देशलाई निकास दिन एमाले बाहेक अन्य दलले नसक्ने उहाँले सुनाउनुभयो । पार्टीले दिएको जिम्मेवारीमा बसेर काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

शेयर गर्नुहोस :

0
Shares