जेष्ठ ६, २०८२ सोमबार

राष्ट्रिय युवा संघ झापाको नेतृत्वमा दुई जनाको दावी

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल झापा जिल्लाको नवौ अधिवेशन उद्घाटन गरिएको छ । शिवसताक्षीको झिलझिलेस्थित वाटर किङ्गडम पार्कमा अधिवेशनको उद्घाटन गरिएको हो । संगठनका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले अधिवेशन उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष थेवेले झापाको अधिवेशनले नेपालको युवा आन्दोलनमा नमूना सन्देश लैजान सक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रिय युवा संघले नेपालका युवाहरुलाई सही मार्ग निर्देशन, सही बाटोमा डो¥याउँदै नेपालको युवा अन्दोलनलाई एउटा उचाई पु¥याएर नेतृत्व गर्ने संगठनको केन्द्रिय कमिटीले ल्याएका योजनाहरु, विभिन्न कार्यक्रमहरु, युवा आन्दोलनका मुद्धा, उदेश्यलगायत सम्पूर्ण विषयहरुलाई निराकरण गर्न सक्ने नेतृत्व अधिवेशनले चयन गर्ने बताए । झापाको युवाहरुलाई सही बाटोमा अगाडि बढाएर समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनाको अभियान्ता बनाएर एमालेको महान अभियान पुरा गर्न सक्ने गरी नेतृत्व चयन गर्ने अपेक्षा गरेको छु , उनले भने ।

अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी उपाध्यक्ष कृष्णहरि केसी, प्रकाश गौतम महासचिव सुमन पुरी, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष प्रेम गिरी, प्रदेश कमिटी सचिवालय सदस्य तथा संघीय सांसद एलपी साँवा लिम्बु, नेकपा एमाले झापा जिल्ला इन्चार्ज रोमनाथ ओली, राष्ट्रिय युवा संघ झापा जिल्ला इन्चार्ज राज आङदेम्बे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा गन्दर्भ युवाहरुद्वारा जनवादी गीत समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो । फूर्वा लामा संयोजक रहेको आयोजक कमिटीले २६ महिनापछि अधिवेशन आयोजना गरेको हो । यो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

नयाँ नेतृत्वका लागि युवा संघमा लामो समयदेखि काम गरिरहेका अनुभवी विकास गिरी र हालका संयोजक लामाले इच्छा राखेका छन् । निर्धारित समयभन्दा ढिलो भएको अधिवेशनले सहि नेतृत्व छनौट गर्न प्रतिनिधिहरुलाई जिम्मा दिनुपर्ने अडान राख्दै आएका छन् । नेतृत्व परिवर्तनका लागि प्रतिनिधिहरुको जोड छ ।

प्रकाशित मिति : आश्विन ९, २०८१ बुधबार  १० : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]