मुख्य समाचार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बिहान ११: ३० मा बस्ने गरी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकमा समसामयिक राजनीतिक र स्थानीय तहको उपनिर्वाचनको विषयमा छलफल हुने बुझिएको छ । साथै बैठकमा उपसभापति एवं प्रतिनिधिसभा सदस्य स्वर्णीम वाग्लेको चीन भ्रमणको रिपोर्टिङ समेत गर्ने बताइएको छ । साथै बैठकमा पार्टीको हालै सम्पन्न प्रथम राष्ट्रिय भेलाको समीक्षा तथा महाधिवेशनको विषयमा समेत छलफल हुनेछ ।

शेयर गर्नुहोस :

0
Shares