आर्थिक

सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?


काठमाडौं, २ कात्तिक । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि बिहीबार १ लाख ६२ हजार ४ सय रूपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ३० रूपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज ३० रूपैयाँले बढेर १ हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।

शेयर गर्नुहोस :

0
Shares