आर्थिक

२५ अंकले बढ्यो नेप्से, कारोबार भने घट्यो

२५ अंकले बढ्यो नेप्से, कारोबार भने घट्यो

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), default quality

बिर्तामोड । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५.८८ अंकले बढेको छ । नेप्से ०.९८ प्रतिशतले बढेर २६६५.८१ विन्दुमा पुगेको हो ।

आज ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर किनबेच भएको छ । प्रि ओपन सेसनमा झिनो अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमै माथि गएको थियो । तर, बजारमा दिनभर उतारचढाव हुँदा पनि बजार बन्द हुँदा भने नेप्से २५ अंकले बढ्यो ।

आज १९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

३१४ वटा कम्पनीको शेयर कारोबारमा आएको छ । ५३ हजार ६७८ पटक शेयर किनबेच भएको छ ।
आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.०३ प्रतिशतले बढेर ३ हजार २८४.३५ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.२७ प्रतिशतले बढेर २१.१९ विन्दुमा पुगेको छ ।
त्यस्तै, वाणिज्य बैंक समूह ०.६८ प्रतिशतले, विकास बैंक १.२५, होटल एण्ड टुरिजम ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन २.१४, लघुवित्त ०.६६, निर्जीवन बीमा ०.६१, अन्य समूह १.०२ प्रतिशतले र ट्रेडिङ समूह ०.९० प्रतिशतले बढेको छ ।

शेयर गर्नुहोस :

0
Shares