Banner news

काम गर्न नदिने उद्देश्यले सरकार ढल्छ भनेर गलत हैल्ला फैलाइयो : प्रधानमन्त्री

काम गर्न नदिने उद्देश्यले सरकार ढल्छ भनेर गलत हैल्ला फैलाइयो : प्रधानमन्त्री

काठमाडौँ, ७ कात्तिकः प्रम ओलीद्वारा १०० दिनमा भए, गरेका उपलब्धिबारे सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो कार्यकालका १०० दिनको प्रमुख कार्य एवं उपलब्धिबारे सम्बोधन गर्दै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन् ।

सरकारको सय दिनको उलपब्धिबारेको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार ढल्छ भनेर गलत हैला फैलाइएको बताए ।

‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह फैलाउने गरिएको छ,’ उनले भने, ‘यी सरकारलाई काम गर्न नदिने उद्देश्यले चलाइएका हल्ला हुन् ।’ उनले सरकारले काम गर्न कर्मचारी प्रशासनको सहयोग चाहिने बताए ।

ओलीले भने, ‘कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ– बारम्बार सरकार फेरबदलका घटनाले ब्युरोक्रेसी नै अल्मलिएको छ, कर्मचारीले काम होइन स्थायित्वप्रति आशंका गर्छन् । त्यसरी सुनाइएका कुराहरुलाई मैले खण्डन गर्ने गरेको छु– कर्मचारीले नै काम गर्ने हो । ब्युरोक्रेसीको नेतृत्व गरेका मुख्य सचिव र सचिवहरु यहीँ हुनुहुन्छ । उहाँहरु पनि मेरो भनाइसँग पक्कै सहमत हुनुहुन्छ– राजनीतिक नेतृत्वले नीति र प्राथमिकता अघि सार्छ, कर्मचारी प्रशासनले त्यसलाई कार्यान्वयन गर्छ ।’

७० प्रतिशत काम सम्पन्न
प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिनमा ७० प्रतिशत काम भएको बताउनु भएको छ ।

आज सय दिनको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिलो सय दिनभित्र सबै मन्त्रालयले गर्ने भनेको कामको संख्या २७४ वटा पुगेको बताएका हुन् ।

“पहिलो सय दिनभित्र सबै मन्त्रालयले गर्ने भनेको कामको संख्या २७४ वटा पुग्यो । तीमध्ये १८५ वटा काम सम्पन्न भएका छन् । अर्थात्, यस सरकारले आफूले सक्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ,” उनले भने ।

शेयर गर्नुहोस :

0
Shares