खेल

नेपाल र बंगलादेशको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने

नेपाल र बंगलादेशको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने


काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दशरथ रंगशाला जाने भएका छन् ।

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशालामा आज साँझ साढे ६ बजेदेखि सुरु हुने फाइनल खेल अवलोकन गर्न र पुरस्कार वितरण गर्न प्रधानमन्त्री ओली जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares