आर्थिक

सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो


काठमाडौं । आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २२ सयले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ६२ हजार २ सयमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर तोलाको १९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares