आर्थिक

फेरि बढ्यो सुनको मूल्य

फेरि बढ्यो सुनको मूल्य


काठमाडौं, १२ मंसिर । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ रहेको थियो भने आज बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोवार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोवार भैइरहेको हो ।

शेयर गर्नुहोस :

0
Shares