मुख्य समाचार

उपनिर्वाचन : कुशे–७ मा कांग्रेसका सिंह विजयी

उपनिर्वाचन : कुशे–७ मा कांग्रेसका सिंह विजयी


काँक्रेबिहार –  जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी हुनुभएको छ ।

उक्त पदका लागि आज भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार सिंहले तीन सय ४७ मत ल्याएर विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेका अनुसार उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र० का गोरखबहादुर नेपालीले तीन सय ३२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै नेकपा ९एमाले० का डम्बरबहादुर घर्तीले दुई सय ५२ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का लालबहादुर खत्रीले आठ मत ल्याउनुभयो । उक्त निर्वाचनमा १७ मत बदर भएको थियो । कूल एक हजार तीन सय दुई मतदाता रहेकामा नौ सय ९५६ जनाले मतदान गरेका मुख्य निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो ।

शेयर गर्नुहोस :

0
Shares