आर्थिक

सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो

सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो


काठमाडौँ, ७ पुस – आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू एक हजार एक सय र चाँदी प्रतितोला रू तीसले बढेको छ ।

गत शुक्रबार प्रतितोला रू एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, निर्धारित मूल्यअनुसार आज चाँदी प्रतितोला रू एक हजार सात सय ९० मा कारोबार हुनेछ ।

शेयर गर्नुहोस :

0
Shares