जेष्ठ ५, २०८२ आईतबार

अर्जुनधारा जलेश्वरधामद्वारा महायज्ञको आयव्यय सार्वजनिक

अर्जुनधारा । अर्जुनधारा जलेश्वरधामले ४२ औं बार्षिक अनुष्ठान अष्टोत्तरशत् (१०८) श्रीमद भागवत कथा पाठपारायण महायज्ञको आय–व्यय एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ ।

धाम समितिद्वारा मन्दिर परिसरमा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा महायज्ञको आयव्यय सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा धाम कार्यसमितिका कोषाध्यक्ष मनोज जोशीले १ करोड ४४ लाख ३८ हजार २ सय ४ रुपैयाँ १९ पैसा आम्दानी र खर्च तर्फ ९१ लाख ५६ हजार ७ सय ८३ रुपैयाँ रहेको हिसाब विवरण प्रस्तुत गरेका थिए ।

वार्षिक अनुष्ठान गत मंसिर ८ गतेदेखि १५ गतेसम्म भएको थियो । धामका अध्यक्ष नवीन गट्टानीको सभापतित्व र महासचिव शिवलाल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा महायज्ञको समाचार सम्प्रेषण गरि सहयोग पुर्‍याउने विभिन्न सञ्चार गृहका पत्रकारहरुलाई रुद्राक्षको माला लगाई दिएर सम्मान गरिएको थियो ।

कार्यक्रममा धामका उपाध्यक्ष अम्बिका प्रसाद खतिवडा, मुल अर्चक अग्नी सिग्देल, सचिव कृष्णप्रसाद भट्टराई, उपसमिति प्रचारप्रसार संयोजक निरज ओली, सदस्यहरु ध्रुव पौडेल , श्याम घिमिरे , भूपेन्द्र शिवाकोटी , रमादेवी चापागाईं, चित्रसेन भण्डारी, कार्यालय सचिव बिष्णु प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : पुष १०, २०८१ बुधबार  २ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]