Banner news

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

पेट्रोलियम पदार्थको मूल्य बढ्याे


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ भने हवाई इन्धनको मूल्य घटाएको छ ।

निगमले जनाए अनुसार इण्डियन आयल कर्पोरेशनबाट पुस १६, २०८१ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य समायोजन भएको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६०।५०, दोस्रोमा १६२ र तेस्रोमा १६३ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रोमा १५३ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२६ रुपैयाँ र अन्तरार्ष्ट्रियतर्फ प्रतिकिलोलिटर काठमाडौंमा ९६०, पोखरामा ७९३ र भैरहवामा ७७८ डलर रहेको निगमले जनाएको छ ।

नेपाल आयल निगमका अनुसार नयाँ मूल्य भोलि बिहान ००:०१ बजेदेखि लागू हुनेछ ।

शेयर गर्नुहोस :

0
Shares