जेष्ठ ६, २०८२ सोमबार

बसले थिच्दा सर्लाहीमा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु

१७ पुस, सर्लाही । सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

गएराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको हो ।

बसले थिच्दा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकहरुले राति पौने १० बजे मृत घोषणा गरेका थिए ।

छतौनाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ०१-००६ ख २००४ नम्बरको राजदेवी बस अनियन्त्रित भई पल्टिएर इन्सपेक्टर तुलाधरलाई थिचेको थियो ।

सशस्त्र प्रहरी १० नम्बर गण दरबन्दीका इन्सपेक्टर तुलाधर गत असोज ४ गतेदेखि बीओपी छतौनामा कार्यरत थिए ।

प्रकाशित मिति : पुष १७, २०८१ बुधबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]