जेष्ठ ६, २०८२ सोमबार

प्रेस चौतरीको महाधिवेशन विराटनगरमा

काठमाडौँ, १७ पुस – प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनमा फागुनमा गर्ने निर्णय गरेको छ । प्रेस चौतारी नेपालको आज बसेको सचिवालय बैठकले आगामी फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा महाधिवेशन गर्ने निर्णय गरेको चौतारीका महासचिव हिरामान लामाले जानकारी दिनुभयो ।

उहाँले श्रमजीवी पत्रकारले अझै पनि न्यूनतम पारिश्रमिकमा काम गर्नुपरेको र सामाजिक सुरक्षा कोषजस्ता पत्रकारका हकहितका काम हुन नसकेकाले महाधिवेशन त्यसतर्फ पनि केन्द्रीत हुने बताउनुभयो । महाधिवेशन अगाडि प्रेस चौतारी नेपालले प्रदेश र जिल्ला अधिवेशन सकाउने निर्णय गरेको छ ।

उहाँका अनुसार जिल्ला अधिवेशन माघ २५ गते र प्रदेश अधिवेशन फागुन ७ गतेभित्र सक्ने निर्देशन दिएको छ ।

प्रकाशित मिति : पुष १७, २०८१ बुधबार  १० : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]