मुख्य समाचार

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टंक बाराकोटी

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टंक बाराकोटी

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं – स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टंक बाराकोटी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।

मन्त्रालयमा १२औं तहमा अतिरिक्त सचिवमा कार्यरत डा बाराकोटीले बुधबार महानिर्देशकको पत्र बुझ्ने छन्।

स्वास्थ्य विभागमा महानिर्देशक रहेका डा विकास देवकोटा सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो। मन्त्री पौडेलले रिक्त पदमा डा बाराकोटीलाई पठाउने निर्णय गरेको सचिवालयका एक कर्मचारीले जानकारी दिए।

डा बाराकोटीले लामो समय काठमाडौं बाहिर बसेर सेवा दिएका छन्। उनी १२औं तहमा बढुवा भएपछि मात्र काठमाडौं आएका हुन्।

शेयर गर्नुहोस :

0
Shares