अब साँझको समयमा लोडसेडिङ
काठमाडौं । लोडसेडिङ लगभग बिर्सिसकेका नेपाली जनताले फेरि लोडसेडिङ भोग्नुपर्ने भएको छ । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझमा लोडसेडिङ हुने घोषणा गरेका हुन् ।
आज (बुधबार) राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै खड्काले अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको र हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था रहेको बताए । भारतबाट विद्युत आयात गरेर कृत्रिम रुपमा लोडसेडिङ अन्त्य गरिए पनि अब भने थेग्न सक्ने अवस्था नरहेको मन्त्री खड्काको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उज्यालो नेपालको नायक नभएको र धन्यवाद भारतलाई र निजी क्षेत्रलाई दिनुपर्ने बताए । ‘त्यसो भएको हुनाले निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभूति भएको छ। उज्यालोको नायक भनेको उहाँ (कुलमान) होइन है,’ उनले थपे, ‘बरु यो धन्यवाद भारतलाई र निजी क्षेत्रलाई दिऊँ ।’