अर्जुनधारा

अर्जुनधारामा भोली १२८ जनालाई जग्गा धनीपुर्जा वितरण गरिदैं

अर्जुनधारामा भोली १२८ जनालाई जग्गा धनीपुर्जा वितरण गरिदैं


अर्जुनधारा। अर्जुनधारा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरेको छ।

असार ३२ गते बुधबार बिहान ११ः३० बजे नगर कार्यपालिकाको कार्यालय, शनिश्चरेमा आयोजना हुने कार्यक्रममा १२८ जनालाई जग्गाको प्रमाणपुर्जा प्रदान गरिने नगरपालिकाले जनाएको छ।

प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ११ स्थित लक्ष्मीधाप टोल अन्तर्गतका लाभग्राहीहरुलाई धनीपुर्जा वितरण गरिने भएको हो।

गत जेठ २६ गते सार्वजनिक सूचना जारी गरी उक्त क्षेत्रका लाभग्राहीलाई आवश्यक कागजातसहित राजस्व बुझाउने समय दिइएको थियो । सो अनुसार कागज पुर्‍याएर प्रक्रिया पूरा गरेका १२८ जना लाभग्राहीलाई अब धनीपुर्जा वितरण गरिने भएको हो । नगरपालिका प्रशासनले सबै लाभग्राहीहरूलाई समयमै उपस्थित भई जग्गाधनी प्रमाणपुर्जा लिन अनुरोध गरेको छ। कार्यक्रमले नगरभित्रको भूमिहीन तथा अव्यवस्थित बस्ती व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस :

324
Shares