अर्जुनधारा

ब्रेन ट्युमरले सदस्यको मृत्यू भएपछि सहाराद्वारा ५ लाख ऋण मिनाह

ब्रेन ट्युमरले सदस्यको मृत्यू भएपछि सहाराद्वारा ५ लाख ऋण मिनाह


बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले अर्जुनधारा –६ मा एक परिवारको ५ लाख रुपैयाँ ऋण मिनाह गरेको छ । आज आरती समूह नं १३ को सदस्य निरादेवी कडरियाको ऋण मिनाह गरिएको हो ।

वर्षौदेखि सहारामा आवद्ध कडरियाको श्रीमान अशोक कडरियाको ब्रेन ट्युमरबाट मृत्यू भएपछि ५ लाख रुपैयाँ ऋण मिनाह गरिएको अनुगमन अधिकृत घनश्याम रायले जानकारी दिए । अर्जुनधारा –६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोलाले ५ लाख रुपैयाँको चेक प्रदान गरेका हुन् ।

सहारा नेपालको टोलीले समूहमा आवद्ध महिलाहरुको भेलामा चेक हस्तान्तरण गरेको हो । बिर्तामो सेवा केन्द्रका प्रमुख सागर ओझाका अनुसार कडरिया परिवारले ०८० साल फागुनमा ५ लाख रुपैयाँ ऋण लिएको थियो । आफ्ना सदस्यहरुलाई ऋणको बोझ बोकेर मर्न नदिने योजना अनुरुप सहाराले ऋण मिनाह गर्दै आएको ओझाको भनाई छ ।

वडाध्यक्ष बास्तोलाले सहारा नेपालले गरेको कामको प्रशंसा गर्दै वित्तीय सहयोग गरेर ग्रामीण भेगमा आर्थिक जीवनमा परिवर्तन ल्याउन मद्दत गरेको धन्यावाद दिए । उनले सहकारी विरोधी गतिविधि गर्नेहरुको कुरा सुनेर उनीहरुको पछि नलाग्न वडाध्यक्ष बास्तोलाले सूझाव दिए । ऋण खाएपछि तिर्नैपर्छ, उनले भने – गलत कुराका पछि लाग्नुभन्दा अझै ऋण लिएर आर्थिकस्तर सुधार गर्न तर्फ ध्यान दिनुहोस् ।

भेलामा निरादेवी कडरियाले सहाराबाट वर्षौदेखि ऋण लिएर व्यवसाय गर्दै आएको बताइन् । उनले यसअघि पनि पटक–पटक व्यवसायका लागि ऋण लिएर काम गरेको अनुभव सुनाइन् । उनले सहाराले सदस्यहरुको दुखमा सधैं साथ दिदैं आएको बताइन् ।

शेयर गर्नुहोस :

1.4k
Shares