मुख्य समाचार

आज देखि एन्फा महिला लिग छनोट, पहिलो दिन ४ टोली भिडदैँ

आज देखि एन्फा महिला लिग छनोट, पहिलो दिन ४ टोली भिडदैँ


काठमाडौं, २९ साउन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आज देखि एन्फा महिला लिग छनोट आयोजना हुदैँछ ।

एन्फा फुटबल मैदान सातदोबाटोमा हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छन। सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन्।

समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन्।

आज पहिलो दिन एफसी रियल र छहारी तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबका बिचमा खेल हुनेछ। सहभागी मध्यबाट उत्कृष्ट  ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन्।

साथै, दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ।

शेयर गर्नुहोस :

81
Shares