बुद्धशान्ति । झापाको बुद्धशान्ति– ४ मा वडादशैंको अवसर पारेर नकआउट भलिवल प्रतियोगिताको आयोजना गरिने भएको छ । मामंखे समाज झापाको आयोजनामा आउँदो असोज ११, १२ र १३ गते भलिवल प्रतियोगिताको आयोजना गरिने आयोजक कमिटीले शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा समाजका अध्यक्ष प्रकाश माबोले ताप्लेजुङ जिल्लाको साविकको मामंखेबाट बसाईसरी आएर झापाका विभिन्न क्षेत्रहरुमा बसोबास गर्दै आएका बासिन्दाहरुको संस्था रहेको यस संस्थाले स्थापनाको छोटो समयमा सामाजिक कार्य गरी स्थानीयस्तरमा कार्य गर्दै आएको अवगत गराउँदै यसपालिको बडादशैंमा नकआउट भलिवल प्रतियोगिताको आयोजना गरिने जनाएका छन् ।

बैठकले पास गरेर नकआउट भलिवल प्रतियोगिता खेल आयोजना गरिएको संस्थाका महासचिव मोहन माबाले बताएका छन् । उनले खेलको माध्यमबाट स्थानीयस्तरमा समाजलाइृ आवश्यक पर्ने सभाहल निर्माण गरिने बताए । उनले प्रतियोगितामा सबैले सक्दो सहयोग गर्न आग्रह समेत गरेका छन् ।
महासचिव माबोका अनुसार प्रतियोगितामा बिजेतालाई नगद ५१ हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ भने उपविजेतालाई ३१ हजार नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । यसका साथै विधागत रुपमा समेत पुरस्कार प्रदान गर्ने जनाइएको छ ।
प्रतियोगिता स्थानीय बर्ने वर्कसपको मैदानमा हुने जनाइएको छ । खेल सम्पन्न गर्न करिव २ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको संस्थाका कोषाध्यक्ष नारायण माबोले बताएका छन् । पत्रकार सम्मेलनमा संस्थाका पदाधिकारी, खेलाडी, स्थानीय, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया