कनकाई

एकैदिन ५ हजार ४७ प्रिन्ट रगत संकलन गरेको दावी

एकैदिन ५ हजार ४७ प्रिन्ट रगत संकलन गरेको दावी


सुरुङ्गामा बृहत् रक्तदान महादान शिविर 

सुरुङ्गा । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, समाज सेवा प्रभाग सुरुङ्गाले ब्रह्माकुमारीजका पूर्व मुख्य प्रशासिका राजयोगीनी प्रकाशमणि दादीज्यूको १८ औं पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा आयोजना गरेको बृहत रक्तदान महादान अभियानमा ६७ प्रिन्ट रगत संकलन भएको छ ।

ब्रह्माकुमारीज सुरुङ्गाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, कनकाई बहुमुखी क्याम्पस र कनकाई नगर अस्पतालको संयुक्त सहयोगमा उक्त रक्तदान महादान कार्यक्रम सु–सम्पन्न भएको हो । ब्रह्माकुमारी सुरुङ्गा शाखाकी सञ्चालिका ब्रह्माकुमारी पार्वती दिदीको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

ब्रह्माकुमारीज एक शैक्षिक–आध्यात्मिक संस्था भएर पनि यसले सामाजिक गतिविधिमा सक्रिय रूपमा लागिरहेको बताउनु भयो । यस संस्थाले सकारात्मक सोच तथा राजयोग ध्यान मेडिटेसनका माध्यमले समृद्ध समाजका साथै स्वस्थ्य समाज निर्माणमा नेपाल सरकारको सहयोगीको रूपमा विगत ६० वर्षदेखि नेपालमा क्रियाशिल रहेको बताउनुभयो ।

नेपालमा वर्षेनि १ देखि २ लाख प्रिन्टसम्म रगत अभाव भइरहेको बेलामा ब्रह्माकुमारीको आयोजना तथा अन्य सहयोगी संस्थाको सहयोगमा भएको उक्त रक्तदान कार्यक्रमले अभावलाई न्यूनीकरण गर्ने कार्यक्रमका विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी झापाका मन्त्री चन्द्र चुडालले बताउनु भयो ।

ब्रह्माकुमारीज समाज सेवा प्रभागले नेपाल, भारत र केही एसियाली राष्ट्रहरूमा एकैसाथ भदौ ६–९ सम्म आयोजना गरेको बृहत् रक्तदान महादान अभियान अन्तर्गत भदौ ८ गते कनकाई–३, सुरुङ्गामा कार्यक्रम भएको हो ।

रक्तदान महाअभियानको पहिलो दिन नेपालभरि ब्रह्माकुमारीको समाज सेवा प्रभागले व्यवस्थापन गरेको रक्तदान महादान शिविरमा अहिलेसम्मकै नेपालको ऐतिहासिक रक्तदान भएको छ । एक दिनमा एकै संस्थाले नेपालका विभिन्न स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ हजार ४७ प्रिन्ट रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जस्तो रक्त सञ्चार सम्बन्धी आधिकारिक सेवा पुर्याउने संस्थाले प्रमाणित गर्नुपर्ने कार्यक्रमका अर्का विशेष अथिति कनकाई नगरपालिका वडा नं ३ का वडाध्यक्ष युवराज चम्लागाईंले बताउनु भयो । यो संख्या ब्रह्माकुमारीजले रक्तदान शिविर मार्फत् संकलन गर्यो भनेर दाबी गर्दैछ, यसका कागजात तथा तथ्याङ्कलाई विश्लेक्षण गरेर यसलाई नेपाल रेडक्रस सोसाइटीले प्रमाणित गर्न सके यसले अरूलाई थप ऊर्जा तथा प्रेरणा जगाउने थियो ।

ब्रह्माकुमारीजले आयोजना गरेको कार्यक्रम अत्यन्त सफल भएको कुरामा पनि खुसी प्रकट गर्नुभयो । कार्यक्रममा कनकाई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विकासप्रसाद उप्रेतीले क्याम्पसका विद्यार्थी, शिक्षक तथा कर्मचारी उपस्थिति भएर कार्यक्रमलाई सफल बनाउन सहयोग गरेको भूमिकाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

शेयर गर्नुहोस :

108
Shares