बिर्तामोड । झापामै पहिलो पटक बिर्तामोडमा साउण्ड प्रुफ भएको डीजे सहितको नाईटक्लव सञ्चालनमा आएको छ । भाटभटेनी पश्चिममा सञ्चालनमा आएको गन्तव्य लञ्ज एण्ड वार असोज १ गतेबाट भव्य शुभारम्भ गरिदैछ । त्यसअघि भदौं १८ गतेबाट खुला गरिने जनाइएको छ ।
युवा व्यवसायी बिर्तामोड –१ निवासी निर्भिक शिवाकोटीले अष्ट्रेलियामा अध्ययन गरेर आएपछि नेपालमा व्यापार सुरु गरेका हुन् । व्यवसायसँग सम्बन्धित अध्ययन सकेर आएपछि आफ्नै ठाउँमा व्यवसाय सुरु गरेको उनको भनाई छ । साढे ३ वर्षअघि सुरु गरिएको गन्तव्यलाई युवाहरुको चाहना बमोजिम सेवा सुविधा थप गरेर पुनः सञ्चालनमा ल्याउन लागेको हो । शिवाकोटीले डीजे सहितको नाईटक्लव सञ्चालनमा ल्याएको जानकारी दिए । नाइट क्लवको ग्राण्ड ओपनिङ विश्वकर्मा पुजाको अवसरमा असोज १ गते गरिने जनाइएको छ ।

आम युवाहरुको माग बमोजिम उच्च स्तरीय साउण्ड र लाइट सहितको एलइडी डेक्सटप सिस्टममा सञ्चालनमा ल्याइएको नाइटक्लव सबैको रोपाईमा पर्ने सञ्चालक शिवाकोटीको धारणा छ ।
चार करोड रुपैयाँ लगानी गर्दै करिव एक कठ्ठा क्षेत्रफलमा तयार गरिएको क्लव अपरान्ह ४ बजेदेखि राति १२ वजेसम्म खुल्ला रहने बताइएको छ । नाइट क्लवमा आउन चाहनेका लागि २० किलोमिटर क्षेत्रभित्र निःशुल्क यातायातको व्यवस्था समेत गर्ने योजना रहेको छ । रमाउन आउनेहरुलाई सुरक्षित ल्याउने र घरसम्म पुराउने योजना रहेको बताइएको छ ।
पारिवारिक वातावरणमा रमाउन सकिने गरी तयार गरिएको नाइट क्लवमा क्याविनको समेत व्यवस्था गरिएको छ । सुरक्षाका लागि सुरक्षा गार्ड र वाउन्सर गरी ६ जनाको व्यवस्थापन गरिएको छ भने जसमा दुई जना महिला वाउन्सर राखिएको शिवाकोटीले बताए ।
नाइट क्लव खोज्दै काठमाडौं र भारतका विभिन्न बजारसम्म जानुपर्ने बाध्यताको समाधान गन्तव्यले दिने सञ्चालकहरुको भनाई छ । उनीहरुले सबै मापदण्ड पुरा गरेर सञ्चालन गरिने क्लवमा सुपथ मुल्य हुने र स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुले प्रस्तुति राख्ने डिल्लीरमण शिवाकोटीले जानकारी दिए ।







प्रतिक्रिया