Banner news

त्रिपालमा बस्यो कनकाईको कार्यपालिका बैठक, भोलीदेखि सेवा सुरु

त्रिपालमा बस्यो कनकाईको कार्यपालिका बैठक, भोलीदेखि सेवा सुरु


बिर्तामोड । जेन जी आन्दोलनका क्रममा आगजनी गरिएको कनकाई नगरपालिकाले भोलीदेखि सेवा सुरु गर्ने भएको छ । आज त्रिपाल ओच्छ्याएर बसेको कार्यपालिका बैठकले विभिन्न निर्णय गर्दै भोलीदेखि सेवा सुरु गर्ने जनाएको हो ।

कार्यपालिका बैठकले जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । बैठकले नगरपालिकामा भएको क्षतिको मुचुल्का तयार गर्ने, नगरपालिकाका सामानहरुको खोजी गर्ने जनाएको छ । प्राप्त सूचना अनुसार कनकाईमा प्रहरीले मुचुल्का उठाउन थालिसकेको छ, अब भोली देखि नै सेवा दिने तयारी भइरहेको छ ।

वडा कार्यालयहरुको समेत अनुगमन भइरहेको छ ।

शेयर गर्नुहोस :

162
Shares