बिर्तामोड । अर्जुनधारा नगरपालिकाको उत्तरी क्षेत्रमा मागका आधारमा खानेपानी पठाउन थालिएको छ । बाढीले खानेपानीका संरचना भत्काएपछि स्थानीयबासी समस्यमा परेका हुन् ।
अर्जुनधाराको उत्तरी क्षेत्रमा खानेपानीको समस्या भएपछि शनिश्चरे–अर्जुनधारा खानेपानी आयोजनाबाट पानी पठाउन थालिएको हो । नगर प्रमुख बलदेवसिंह गोम्देनको सचिवालयका सदस्य गजेन्द्र खनालका अनुसार बाढीले ३ वटा खानेपानी आयोजनाका संरचनामा क्षति पुराएको छ । खुदुनावारी अर्जुनधारा खानेपानी, बेल्टार गाजाबारी खानेपानी र कोइदले खानेपानीले वडा नं. १ देखि ४ सम्मका उपभोक्तालाई पानी वितरण गर्दै आएको थियो ।
साविक खुदुनावारी गाविस क्षेत्रमा पानीको वितरण गर्दै आएको आयोजनाहरुमा क्षति पुगेपछि नगरपालिकाले मागका आधारमा पानी पठाइरहेको छ ।
पानीको कुनै विकल्प नभएको परिवारले माग गरेपछि पानी पठाउन थालिएको छ, खनालले भने – कसैको घरमा ट्युवेल छ, आफै व्यवस्थापन भएको खण्डमा माग पनि गर्नुभएको छैन । उत्तरी उच्च भागमा बसोबास गर्ने परिवारहरुलाई समस्या भइरहेकोले सोही अनुसार व्यवस्थापन मिलाइएको छ ।







प्रतिक्रिया