अर्जुनधारा

जंगलको खाली जमिनमा जडिबुटी खेती गरेर आम्दानी वृद्धि गर्न सुझाव

जंगलको खाली जमिनमा जडिबुटी खेती गरेर आम्दानी वृद्धि गर्न सुझाव


शनिश्चरे । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले ज -जस्ले जे ,जे भत्काए पनि बनाउने हाम्रो ( आफूहरुको ) नैतिक जिम्मेवारी रहेको बताएका छन् ।

वडा नम्बर – ३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहले सोमबार आयोजना गरेको ३० औं बार्षिक साधारणसभा तथा उपभोक्ता भेलामा प्रमुख अतिथिका रुपमा कार्यक्रम उद्घाटन गर्दै गोम्देनले यस्तो बताएका हुन् ।उनले जेन जी आन्दोलनका कारण जनतालाई सेवा दिन नसकेको चिन्ता व्यक्त गर्दै अब चाडै वडा , वडामा सेवा उपलब्ध गराइने जानकारी दिए ।

यस सामुदायिक वन उपभोक्ता समूहले ल्याएको शिक्षा , स्वास्थ्य ,गरीबी निवारण , मानव हात्ती स्वअस्तित्व जस्ता कार्यक्रम निरन्तरता दिन उनले सुझाव दिए । उपभोक्ता समूहले रुख काटि बेचेर आय आर्जन गर्ने मात्र विकल्प होइन ।जंगलको खाली जमिनमा जडिबुटी खेती गरेर आम्दानी वृद्धि गर्न सकिने बताए ।

उनले आफैलाई लक्षित गरी भने – मेरो गल्ती कहाँ भो ? तपाईंहरुले देखाएर औँल्याइ दिनुस् । आफूलाई सल्लाह -सुझाव दिन भनी अनुरोध समेत गरे । कार्यक्रममा समूहका अध्यक्ष मोहन श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मनिला इङनाम जवेगुले आ . व . ०८१/०८२ को आय -व्यय तथा चालु आर्थिक वर्ष ०८२/०८३ को अनुमानित बजेट प्रस्तुत गरिन् ।

त्यस्तै लेखा संयोजक कमल बुढाथोकीले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरे ।वन अनुगमन टोलीका संयोजक सोमनाथ चापागाईले जंगल क्षेत्र भित्र टोलीले अनुगमन गर्दा वन विनाश गर्ने गतिविधि कतै रुख नकाटेको , डढेलो नलागेको जानकारी गराए ।सोही अवसरमा ३१ जना विपन्न उपभोक्ताहरुलाई स्वास्थ्य बीमा कार्ड ,३१ घर परिवार प्रति घर ग्यास सिलिन्डरसहित चुलो र १० जना गरीब उपभोक्तालाई जनही १ /१ वटा सुत्ने खाट निःशुल्क वितरण गरिएको लेखापाल हरिप्रसाद खतिवडाले जानकारी दिए ।

समूहबाट अवकाश पाउने ५ जना कर्मचारीलाई कदरपत्रसहित बिदाई गरिएको थियोे । अध्यक्ष श्रेष्ठको सभापतित्व र सचिव उर्मिला अधिकारी कटुवालले सञ्चालन गरेको कार्यक्रममा जिल्ला डिभिजन वन कार्यालय झापाका वन अधिकृत भरतबाबु श्रेष्ठ ,अर्जुनधारा नगरपालिका -४का वडा अध्यक्ष अमर बहादुर कटुवाल , वडा नम्बर – ३ का निवर्तमान वडा अध्यक्ष जीवन भण्डारी ,शनिश्चरे बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हेमराज खरेल ,सामुदायिक वन उपभोक्ता महासंघ अर्जुनधाराका अध्यक्ष भानु श्रेष्ठ , दहिझोडा सामुदायिक वन उपभोक्ताका अध्यक्ष देवराज बुढाथोकी ,जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष दिव्य कट्टेल, मानव हात्ती द्वन्द स्वअस्तित्व नगर अध्यक्ष ढुण्डीराज गौतम ,समूहका उपाध्यक्ष दुर्गाप्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा समूहका उपाध्यक्ष लक्ष्मीराम शर्मा तिम्सिनाले स्वागत गरेका थिए । सो अवसर पारेर प्रमुख गोम्देन र स्थानीय ज्येष्ठ नागरिक मेदनी प्रसाद चापागाईंले संयुक्तरूपमा पाँच लाख लगानीमा नवनिर्मित ज्येष्ठ नागरिक भेटघाट चौतारी भवन उद्घाटन गरेका थिए । त्यसैबीच युथ अफ खुदुनाबारीबाट ज्येष्ठ नागरिक भेटघाट चौतारीको १ थान उपलब्ध भएको थियो । निकट भविष्यमा कैदले खानेपानी परियोजनाबाट स्वच्छ पिउने उपभोक्ताहरुलाई आपूर्ति गरिने बताइएको छ ।

शेयर गर्नुहोस :

540
Shares