बिर्तामोड

इक्यान झापा शाखाको अध्यक्षमा राजकुमार कार्की सर्वसम्मत

इक्यान झापा शाखाको अध्यक्षमा राजकुमार कार्की सर्वसम्मत


बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा शाखाको अध्यक्षमा राजकुमार कार्की सम्मत भएका छन् । आज बिर्तामोडको सिद्धार्थ होटलमा सम्पन्न चौथो अधिवेशनबाट बिर्तामोड एजुकेशनका सञ्चालक कार्की अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

झापा शाखाको उपाध्यक्षमा अशोक भण्डारी, सचिव विशाल सिटौला, कोषाध्यक्ष तुलसी पाठक सर्वसम्मत चयन भएका छन् । यस्तै, सदस्यहरुमा नविन बोहोरा, मोहन पराजुली, निशा दुलाल र सरोज खरेल चयन भएका छन् । उनीहरुलाई केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले सपथग्रहण गराए ।

शेयर गर्नुहोस :

135
Shares