बिर्तामोड । झापा शिवसताक्षी – १० का सरोज शर्माको शव हुलाकी सडक अन्तर्गत विरिङ पुलमुनी फेला परेको छ । आज विहान उनको शव गाढेको अवस्थामा फेला परेको हो ।
दुई दिनअघि उनको गाडि चारआली–भद्रपुर सडक खण्ड अन्तर्गत हातेमालो सामुदायिक वनभित्र जलिरहेको अवस्थामा फेला परेको थियो । गाडि जलेको दुई दिनपछि उनको शव विरिङ पुलमुनी गाढेको अवस्थामा फेला परेपछि हत्या गरिएको आशंका गरिएको छ ।

शर्मामा गएको कार्तिक ९ गते दिउँसो २ बजे माइधारस्थित घरबाट गाडी धुने भन्दै निस्केका थिए । त्यसपछि सम्पर्कबिहीन भएका शर्मा ७ दिनपछि मृत अवस्थामा फेला परेका हुन् ।
घरबाट हिडेपछि सम्पर्कबिहीन भएका शर्मा जिल्लाका विभिन्न बजारमा घुमेको सिसी फुटेज देखिएको थियो । उनी सुरुङामा अन्तिम पटक देखिएका थिए ।
काठमाडौं बस्दै आएका शर्माको सेन्लटस कम्पनीको बा १ – ०३०– च ७१९४ नम्बरको गाडी जलेको हो । गाडि कसले जलायो भन्ने बारे अझै खुलेको छैन । दशैंमा घर आएका शर्मा छठ मानेर काठमाण्डौ फर्कने भनेर बसेका थिए ।
शर्माको हत्या भएको आशंका गरिएको छ ।







प्रतिक्रिया