Banner news

शर्माको हत्यामा संलग्न दुई जना लागुऔषधको ठुला कारोबारी भएको अनुमान

शर्माको हत्यामा संलग्न दुई जना लागुऔषधको ठुला कारोबारी भएको अनुमान


बिर्तामोड । झापा प्रहरीले शिवसताक्षी –१० का ३३ वर्षीय सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले एक जनालाई जोगवनी र अर्का एक जनालाई माइधारबाट नियन्त्रणमा लिएको बुझिएको छ । दुई दिनअघि शाहको कार चारआली–भद्रपुर सडक खण्ड अन्तर्गत हातेमालो सामुदायिक वनभित्र जलिरहेको अवस्थमा फेला परेको थियो ।

कार जलेको घटनापछि लगत्तै अनुसन्धान थालेको झापा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका व्यक्तिहरुले दिएको बयानका आधारमा शर्माको शव हत्यापछि गाढेको खुलेको थियो । तर, उनीहरुले चारआली जंगलभित्रै गाढेको बयान दिएका थिए ।

शर्माको शव आज विहान हुलाकी सडकमा पर्ने विरिङ पुलमुनी फेला परेको हो । प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका व्यक्तिहरु लागुऔषध कारोवारी हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले थप अनुसन्धानपछि पुष्टि हुने जनाएको छ ।

शेयर गर्नुहोस :

4.6k
Shares