अर्जुनधारा

महारानीगञ्ज माविको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक

महारानीगञ्ज माविको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक


शनिश्चरे । अर्जुनधारा नगरपालिका – ११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयले एक कार्यक्रमका बीच शुक्रबार सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

बिद्यालयले आयोजना गरेको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा आर्थिक वर्ष ०८१-०८२ को आयव्ययसहित स्कुल सञ्चालन, विद्यार्थी संख्या र शैक्षिक उपलब्धि बारे प्रतिवेदन सार्वजनिक गरेको हो । कार्यक्रममा सामाजिक परीक्षण उपसमितिका सदस्य मणीलाल खड्काले आम्दानी र खर्च १ करोड ६५ लाख ६ हजार ६ सय ५४ रुपैयाँसहित विद्यालय सामाजिक परीक्षण मापदण्ड ०७८ मा निर्धारण गरिएको सम्पत्ति सूचक , भौतिक तथा शैक्षिक उपलब्धिहरु समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार स्कुलको स्वामित्वमा रहेको जग्गासहित भौतिक सम्पत्ति पूर्ण प्रयोग गरिएको देखिन्छ ।

विद्यालयको भौतिक व्यवस्थापनले तत्काल आवश्यकता पुरा गरेको छ । चालु कक्षा कोठाले स्कुल सञ्चालन गर्न बाधा नपु¥याउने , पुस्तकालय र विज्ञान प्रयोगशालालाई अझ व्यवस्थित गर्दै बालबालिकाको सिकाईमा प्रत्यक्ष सहयोग पु¥याउने गरी प्रयोगमा ल्याउन प्रतिवेदनमा अनुरोध गरिएको छ । बालमैत्री र अपांग मैत्री भवन , शौचालयको व्यवस्थापनमा ध्यान दिएको पाइन्छ । सफा पिउने पानीको व्यवस्थापनका लागि प्राविधिमा आधारित ट्याङ्कीसहित पानीको आपूर्ति हुँदा धेरै विद्यार्थी लाभान्वित भएको उल्लेख छ ।

सो कार्यक्रममा सामाजिक परीक्षण समिति सदस्य प्रदिप कुमार बस्नेतले प्रतिवेदन मुल्यांकन गरेका थिए भने विद्यालयका प्रधानाध्यापक मन बहादुर लिम्बूले प्रतिवेदनमाथि छलफल गर्दा उठेको प्रश्नको जवाफ दिएका थिए ।

सामाजिक परीक्षण समिति संयोजक इन्दिरा गिरीको सभापतित्व तथा अर्जुनधारा नगरपालिका सामाजिक विकास समिति संयोजक भोला परियारको प्रमुख आतिथ्य रहेको कार्यक्रममा जुनकीरी आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगत बहादुर मगर, आयोजक विद्यालयका सल्लाहकार बुद्धिलाल चौधरी लगायतले बोलेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक लिलाधर चम्लागाईले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य जनप्रतिनिधि केशव अधिकारीले राखेका थिए ।

शेयर गर्नुहोस :

243
Shares