कनकाई

कनकाई छठ सेवा समाजको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण

कनकाई छठ सेवा समाजको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण


बिर्तामोड । कनकाई छठ सेवा समाजको नयाँ कार्यसमितिले पद भार ग्रहण गरेको छ । समाजको निर्माणाधिन अवस्थामा रहेको भवनमा अध्यक्ष खगेन्द्र महतोको कार्य समितिले सपथ ग्रहणसँगै पदभार ग्रहण गरेको हो ।

बरिष्ठ उपाध्यक्ष धर्मेन्द्र शाह , उपाध्यक्ष विरेन्द्रप्रसाद शाह, महासचिव नुतन अमात्य, सचिव भारतीय कुमारी शाह (करुणा) र कोषाध्यक्ष श्याम शाहले पदभार ग्रहण गरेका हुन् । त्यस्तै सदस्यहरु क्रमशः सुवोध शाह, राजु शाह (निरज), रामनाथ पण्डित, बर्षा शाह, मनिषा शाह, राज कारक र रुपा ठाकुर (रुकमनी) रहेका छन् ।

नवनिर्वाचित कार्य समितिलाई संस्थाका पूर्व अध्यक्ष समेत रहेका निर्वाचन समितिका संयोजक किशनकुमार सोनीले सपथ ग्रहण गराएका हुन् । निर्वाचन समितिमा सोनीको संयोजकत्वमा संस्थाका पूर्व अध्यक्ष राजकिशोर चौधरी र रामप्रसाद शाह सदस्य रहेका थिए ।

विधानतः १५ सदस्यीय कार्य समिति रहने प्रावधान रहेको समाजमा अहिले १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको र बाँकी २ सदस्य आवश्यकता हेरेर कार्यसमितिले मनोनित गर्ने प्रावधान रहेको समितिले जनाएको छ ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष खगेन्द्र महतोले आगामी दिनमा छठ समाजलाई एक ढिक्का बनाएर एकताका साथ अघि बढ्ने प्रतिवद्धता जनाए । छठ समाजले हालसम्म आर्जन गरेको प्रतिष्ठालाई जोगाएर स्थानीय स्तरमा अन्य सामाजिक संघसंस्थाहरुको तुलनामा अब्बल संस्थाको रुपमा पहिचान बनाउने प्रतिवद्धता जनाएका छन् ।

शेयर गर्नुहोस :

243
Shares