Banner news

अनेरास्ववियु कोशीले लोकसेवा र बिबिएस अध्ययन गर्ने विद्यार्थीलाई निशुल्क ट्युसन पढाउने

अनेरास्ववियु कोशीले लोकसेवा र बिबिएस अध्ययन गर्ने विद्यार्थीलाई निशुल्क ट्युसन पढाउने


बिर्तामोड । अनेरास्ववियु कोशी प्रदेशले गरिव तथा जेहेन्दार विद्यार्थीलाई लोकसेवा आयोग तयारी कक्षा र बिबिएसका विद्यार्थीलाई निशुल्क ट्युसन सञ्चालन गर्ने भएको छ ।

मेचीमहाकाली विद्यार्थी जागरण यात्राको शुभारम्भ कार्यक्रममा अनेरास्ववियुले सो घोषणा गरेको हो । अनेरास्ववियु कोशी प्रदेशका संयोजक नारायण पोखरेलले विद्यार्थीको शैक्षिक उन्नयनका सहयोग गर्ने उद्देश्यले निशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने घोषणा गरेका हुन् । लोकसेवा आयोगको परीक्षा दिने ५ सय विद्यार्थी र बिबिएस पहिलो वर्षका १ हजार विद्यार्थीलाई व्यवसायिक तथ्याङकशास्त्र विषयको अनलाइन ट्युसन कक्षा सञ्चालन गरिने संयोजक पोखरेलले जानकारी दिए ।

मेचीमहाकाली विद्यार्थी जागरण अभियानको मंगलवार बिर्तामोडबाट संगठनका केन्द्रीय अध्यक्ष दिपक धामीले शुभारम्भ गरेका थिए ।

शेयर गर्नुहोस :

1.6k
Shares