शनिश्चरे । अर्जुनधारामा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर २२ जना सामाजिक अभियान्तालाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । अर्जुनधारा ८ नं. वडा कार्यालयले अभियान्ताहरुलाई सम्मान गरेको हो ।
सेवा नै धर्म हो भन्ने मुल नाराका साथ वडा कार्यालयद्वारा स्थानीय फरवार्ड एजुकेसन फाउण्डेसनको कार्यालयमा आयोजित सम्मान कार्यक्रममा समाजसेवा, समुदाय विकास तथा स्वयंसेवक भावना अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।

वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको सभापतित्व र मेची बहुमुखी क्याम्पस भद्रपुरका पूर्व उप– प्राध्यापक तथा सामाजिक अभियान्ता, आध्यात्मिक चिन्तक लोकनाथ पौड्यालको प्रमुख आतिथ्यतामा सामाजिक अभियान्ताहरु विष्णु आचार्य ,नारदमणी नेपाल ,कमल पोखरेल ,दिवाकरलाल चौधरी, समिर मोदी, सुजन शिवाकोटी, गणेश ढुंगाना, भिष्म घिमिरे, सुरेन राईलाई प्रशंसापत्रसहित सम्मान गरिएको हो ।
त्यस्तै वरिष्ठ आयुर्वेद निरीक्षक सकलदेव चौधरी, वैद्य भिम प्रसाद घिमिरे, सर्प उद्धारकर्ताद्वय श्याम कुमार प्रधान र विरेन्द्र कुमार तिवारी, स्वास्थ्य स्वयंसेविकाहरु चन्द्रकला निरौला र मिना गजुरेल, धामी पुजारीहरु भिष्म बहादुर पौडेल, बासुदेव अधिकारी, ज्ञान बहादुर बेघा लिम्बू, धनबहादुर खाती, तिल बहादुर मगर र प्रेमबहादुर धमलालाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
अर्जुनधारा – ८ को स्वास्थ्य प्रमुख सुनिता आचार्यले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि पौड्यालले मानवसेवा, वैज्ञानिक युग र आध्यात्मिकवाद जस्ता विषयमा धारणा राखेका थिए भने वडा अध्यक्ष उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
सोही कार्यक्रममा अर्जुनधारा हात्ती प्रभावित क्षेत्र भएकोले सम्मानित सामाजिक अभियान्ताहरुलाई जनही १÷१ वटा हात्ती धपाउने लाइट प्रदान गरिएको थियो ।







प्रतिक्रिया