बुद्धशान्ति

बुधबारे जेसीजको नेतृत्व चयनमा सकस, अध्यक्षमा ३ जनाको दावेदारी

बुधबारे जेसीजको नेतृत्व चयनमा सकस, अध्यक्षमा ३ जनाको दावेदारी


बुधबारे । बुधबारे जेसीज बर्ष २०२६ को नयाँ नेतृत्व चयनको प्रक्रिया शुरू भएको छ । आज विभिन्न पदहरुमा मनोनयन दर्ता सम्पन्न भएको छ ।

अध्यक्ष पदका लागि ३ जनाको उम्मेद्वारी परेको छ । जेसी गजेन्द्र योङ्हाङ लिम्बू, जेसी कुशल अधिकारी र जेसी कृष्ण ढकाल अध्यक्षको दौडमा उत्रिएको निर्वाचन आयुक्त जेसी दुर्योधन सिंह राजपुतले जानकारी दिनुभएको छ ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा २ पदका लागि ५ जनाको उम्मेद्बारी परेको छ । जेसी भेषराज राई, जेसी विजय धिमाल, जेसी सोमनाथ भट्टराई, जेसी तार्केश्वर नाथ साहा र उमेश भट्टराईको उम्मेद्बारी परेको छ ।

उपाध्यक्षमा ४ पदका लागि ५ जना धर्मेन्द्र फागो लिम्बू, उत्तम तिम्सिना (उमेश), विष्णु कुमार भट्टराई, अर्जुन मेन्याङ्बो लिम्बू र अन्जन वाग्लेको उम्मेद्वारी दर्ता भएको ब्यहोरा निर्वाचन आयुक्त राजपुतले जानकारी दिनुभएको छ । बुधवारे जेसीज सन् २०१२ मा स्थापना भएको हो ।

शेयर गर्नुहोस :

1.6k
Shares