बिर्तामोड । झापाको बिर्तामोडमा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यू भएको छ ।
भद्रपुर वडा न.५ बस्ने बर्ष २५ को भुपाल अधिकारी र तत्काल नामथर वतन नखुलेको अन्दाजी २६ बर्षीय पुरुषको मृत्यू भएको झापा प्रहरीले जनाएको छ ।
बिर्तामोड – ६ गिरीबन्धु टि स्टेट नजिक पूर्वपश्चिम राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको हो । चारआलीबाट बिर्तामोड तर्फ आउँदै गरेको मे ५ प ६२२२ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको झापा प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार जिल्ला झापा भद्रपुर नपा वडा न.५ बस्ने बर्ष २५ को भुपाल अधिकारी र तत्काल नामथर वतन नखुलेको अन्दाजी २६ बर्षीय पुरुष मानिस गम्भीर घाइते भएका थिए । तत्काल उपचारको लागि उनीहरुलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाएको थियो । डाक्टरले चेकजांच गर्दा सवा ६ बजे दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुबैको शव तत्काल सोही अस्पतालको लास घरमा रहेको र मोटरसाइकल नियन्त्रणमा लिई इप्रका अनारमनीमा राखिएको जनाइएको छ ।







प्रतिक्रिया