बिर्तामोड । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडको अध्यक्षमा हरिप्रसाद तिम्सिना सर्वसम्मत भएका छन् । आज बिर्तामोडमा सम्पन्न १३ औं वार्षिक साधारणसभाले तिम्सिनालाई सर्वसम्मत गरेको हो । उनी कनकाई मावि सुरुङाका शिक्षक हुन् ।

यस्तै, उपाध्यक्षमा गोविन्दप्रसाद न्यौपाने र सदस्यहरुमा देउमाया दाहाल, घनश्याम उप्रेती, प्रेमप्रसाद निरौला, ध्रुवराज खड्का, विपिन पौडेल, सन्ध्या ताजपुरिया, बेनुप्रसाद कार्की चयन भएका छन् ।
लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा तुलसी प्रसाद भण्डारी, सदस्यहरुमा भीमप्रसाद आचार्य र बन्दना भट्टराई सर्वसम्मत भएका छन् ।







प्रतिक्रिया