झापा । अनेरास्ववियुमा उमेर हद लागेर घर फर्किएर झापाका विद्यार्थी नेता मनोज ताम्ली एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका छन् । अनेरास्ववियुको केन्द्रीय अध्यक्षसम्म बन्ने उनको योजनालाई उमेरले छेकिदियो । महासचिव बन्ने पक्कापक्की भएका ताम्ली पार्टीको निर्णय स्वीकार गरेर अनेरास्ववियुको राजनीतिबाट विदा भएका थिए ।
नेकपा एमाले झापाको सचिवालय सदस्यको जिम्मेवारीमा रहेका ताम्लीलाई जिल्लाको जागरणसभाले फेरि उनको आवश्यकता पार्टीभित्र बलियो बन्यो । केन्द्रीय राजनीतिमा उनको भाषणको चौतर्फी प्रशंसा भयो ।
जागरणसभामा उनले गरेको भाषणले एमाले मात्र होइन, लोकतन्त्र पक्षधरहरुलाई साहस भरिदियो । जेनजी आन्दोलनबाट त्रसित समुदायलाई हिम्मत दियो । उनको त्यो भाषण पार्टीका प्रायः केन्द्रीय नेताहरुले भाइरल नै बनाए । जागरणसभामा उनको भाषण नै मुख्य चर्चा बनेको थियो ।

अनेरास्ववियुमा जिल्ला, प्रदेश हुँदै केन्द्रीय सचिवको जिम्मेवारीमा रहेर लामो समय काम गरेर विदा हुँदा पनि उनले पार्टीको निर्णय विरुद्ध कतै एक शब्द बोलेनन् । उनले फेरि जिल्लाको पार्टी गतिविधिमा रहेर काम गर्ने निर्णय गरे ।
कात्तिक २९ गते बिर्तामोडमा भएको जागरणसभाको युवा वक्तामा ताम्ली रोजाईमा परेका थिए । झापा क्षेत्र नं. ४ बाट युवा क्लष्टरबाट सर्वसम्मत प्रतिनिधि बन्ने चाहना थियो । सर्वसम्मत नहुने भए पनि उनले सर्वसम्मत गर्न अन्य युवालाई छोडिदिए । पार्टी केन्द्रले प्रतिनिधिमा मनोनित गरेर ताम्लीलाई आदिवासी जनजाति युवा क्लष्टरबाट उम्मेदवार बनायो । केपी शर्मा ओलीको विश्वास जित्न सफल ताम्ली अन्तत ः केन्द्रीय सदस्यमा निर्वाचित भए ।
अनेरास्ववियुको सचिवमा रहेर प्रभावशाली भूमिका निर्वाह गरेका ताम्ली देश दौडाहामा निस्किएका थिए । देशव्यापी संगठनको काम गरेर पार्टी अध्यक्षलाई लिखित प्रतिवेदन नै बुझाए । विवादका कारण लामो समयसम्म जिल्ला अधिवेशन नभएका जिल्लाहरुमा अधिवेशन गरिदिए । जसले उनको पार्टी काममा नम्बर घटेन । अनेरास्ववियुको कोशी प्रदेश इञ्चार्जमा रहेर उनले गरेको राजनीतिक गतिविधिबाट पार्टीका अध्यक्ष ओली नै लोभिएका थिए । जसबाट ताम्लीले अध्यक्ष ओलीको विश्वास समेत जित्न सफल भए ।
अनेरास्ववियुको मेची क्याम्पस कमिटी सदस्यबाट विधार्थी राजनीति शुरु गरेका ताम्ली पूर्वी नेपालको विद्यार्थी आन्दोलनमा प्रभाव जमाउन सफल भए । राजनीतिशास्त्रमा स्नातोकोत्तर गरेका उनी हाल कानुनका विद्यार्थी हुन् । अध्ययनशील र पार्टी जिम्मेवारीलाई इमान्दार पूर्वक निर्वाह गर्ने उनको शैलीले सबैको रोजाईमा परेका छन् ।
०७३ फागुनमा भएको स्वतन्त्र विधार्थी यूनियनमा मेची क्याम्पस भद्रपुरमा सभापतिको उम्मेदवार बनेका थिए । त्यसबेला मेची क्याम्पसमा भएको कार्यक्रममा पार्टीका वर्तमान उपमहासचिव योगेश भट्टराईले उनलाई भावी केपी ओली, भावी प्रधानमन्त्रीको रुपमा चित्रण गरेका थिए ।
झापा गाउँपालिका – ६ शरणामती घर भएका ताम्ली पछिल्लो समय काठमाडौंमा रहेर विद्यार्थी आन्दोलनमा क्रियाशिल हुँदै आएका छन् । युवा पुस्तामा वैचारिक एवम् प्रखर वक्ताका रुपमा परिचित ताम्ली ३५ वर्षको उमेर पार्टीको केन्द्रीय राजनीतिमा डेब्यु गर्न सफल भए । कामकै कारण ओलीको नजरमा परेका ताम्ली झापाको पछिल्लो पुस्ताका स्थापित नाम हो ।
झापामा पछिल्लो पुस्ताको नेताका रुपमा स्थापित मनोज ताम्ली पार्टीको निर्णय विरुद्ध जान नहुने मान्यता राख्दै आएका छन् । अनेरास्ववियुमा उमेरले साथ नपाएका ताम्लीलाई पार्टीले मुल्याङकन गरेर अवसर दिएको उनको बुझाई छ ।







प्रतिक्रिया