Banner news

१६ विघामा तरकारी खेती, एकै वर्ष २ करोडको व्यापार

१६ विघामा तरकारी खेती, एकै वर्ष २ करोडको व्यापार


बिर्तामोड । बजारको चिन्ता नभएपछि बिर्तामोड–७ का किसान प्रदिप खनाल वर्षेनी तरकारी खेती गरिरहेका छन् । उनले उत्पादन गरेको तरकारी बिर्तामोड नगरपालिकाले सञ्चालनमा ल्याएको विक्री केन्द्रबाट विक्री वितरण भइरहेको छ ।

नगरपालिकाले ‘पारीको होइन, बारीको खाउँ’ भन्ने नारासहित तरकारी विक्री केन्द्र सुरु गरेको थियो । नगरपालिकाले ९ वटा विक्री केन्द्रबाट स्थानीय किसानले उत्पादन गरेको तरकारी विक्री गर्दै आएको छ । यो वर्ष पनि खनालले १६ विघा क्षेत्रफलमा तरकारी खेती गरिरहेका छन् । उनले तरकारीसँगै फलफूल खेती समेत गरिरहेको जानकारी दिए ।

उनले १५ विघामा फलफुल मात्रै लगाएका छन् । उनले आलु ६ विघा , टमाटर,भेडे खोर्सानी, बैगुन, खोर्सानी, स्क्वास फर्सी, काक्रा, डल्ले बैगुन, लौका, करेला १-१ विगाभन्दा धेरै, लोकल फर्सी ४ विगा, कोभी २ विगा र तोरी ३ विघामा लगाएका छन् ।

७ वर्षदेखि तरकारी उत्पादनमा लागेका खनालले खरबुजा र फर्सीको वीऊ समेत उत्पादन गर्दै आएको जानकारी दिए । जापान पठाउनका लागि विऊ उत्पादन गरिरहेको खनालको भनाई छ । १ विघामा वीउ उत्पादनको काम गरिरहेका छन् ।
तरकारी खेतीमा सन्तुष्ट बनेका खनालले २५ जनालाई रोजगारी दिएका छन् । कामको चाप भएको बेलामा ५० जनासम्मले काम गर्ने उनको भनाई छ ।

खनालका अनुसार बजारको समस्या छैन, उनले भने – बिर्तामोड नगरपालिकाले सञ्चालनमा ल्याएको विक्री केन्द्रमा उत्पादित तरकारी पुराउने गरिएको छ । मुल्य पनि रामै्र पाइरहेका छौं । उनले गत वर्ष मात्रै करोड २ बराबरको तरकारी विक्री गरेको जानकारी दिए । घाटा भएको तरकारीमा नगरपालिकाले कृषि राहत वापत ५ लाख रुपैयाँ सहयोग समेत गरेको थियो ।

हाम्रो कृषि फर्म सञ्चालन गरिरहेका खनालले बिर्तामोड क्षेत्रमा १२ महिना तरकारी उपलब्ध गराइरहेको जानकारी दिए । उनले दैनिक रुपमा उत्पादन गरेको वैगुन, कोभी, करेला, स्क्वास फर्सी, अम्बक बजारमा पठाइरहेका छन् ।
नगरपालिकाले उनलाई वीऊ, टनेल,मल्चिङ, सिँचाईमा सहयोग गर्दै आएको छ ।

शेयर गर्नुहोस :

3.6k
Shares