Banner news

विल्डकनको पेवर्स कैलालीसम्म निर्यात

विल्डकनको पेवर्स कैलालीसम्म निर्यात


बिर्तामोड । सडक निर्माणमा अधिकतम रुचाइएको बिल्डकनका उत्पादनहरु पश्चिम नेपालसम्म माग हुन थालेको छ । झापाको अर्जुनधारामा रहेको विल्डकन इन्डष्ट्रिजद्वारा उत्पादित पेवर्स पश्चिममा कैलालीसम्म माग हुन थालेको सञ्चालक प्रदिप अग्रवालले जानकारी दिए । एक वर्षदेखि कैलालीसम्म निर्यात भइरहेको छ ।

कोशी प्रदेश र मधेश प्रदेशमा आफ्नो उत्पादन पुराइरहेको विल्डकनले पश्चिम नेपालका जिल्लाहरुमा समेत माग हुन थालेपछि उपभोक्तामा पेवर्सप्रति सचेतना बढ्दै गएको अग्रवालले बताए । ८ वर्षअघि स्थापना गरिएको विल्डकनले नेपाल गुणस्तर चिन्ह (एनएस) प्राप्त गरेको छ । उत्पादनमा गुणस्तरलाई प्राथमिकता दिएको विल्डकनले पेवर्स लगायतका सामग्रीहरुको प्रयोग बढिरहेको अग्रवालको भनाई छ ।

मुख्य राजमार्ग बाहेक सहायक सडक, शाखा सडकदेखि निजी संरचनामा समेत विल्डकनको उत्पादन पहिलो रोजाईमा परेको सञ्चालक अग्रवाल बताउँछन् । उनका अनुसार विल्कडनको गुणस्तरीय उत्पादनकै कारण रोजाईमा परेको हो । पछिल्लो समय पूर्वका विभिन्न जिल्लामा सडक निर्माणदेखि सार्वजनिक पार्क, निजी संरचना लगायतमा प्रयोग बढिरहेको उनीहरुको भनाई छ । सुन्दरता र आर्थिक सुरक्षाका लागि पेवर्स रोजाईमा परेको सञ्चालकको धारणा छ ।

विल्डकनले पेवर्स, होलोब्लक, डिभाइर लगायतका कंक्रिटजन्य उत्पादनहरु गर्दै आएको छ । १८ प्रकारका पेवर्स उत्पादन गरिरहेको विल्डकनले डिभाइर १२ र ३ प्रकारका होलोब्लक उत्पादन गर्दै आएको छ । उत्पादितमध्ये सबैभन्दा धेरै पेवर्सको व्यापार गरिरहेको विल्डकनले सरकारी आयोजनाहरुमा यसको प्रयोग बढ्दो रहेको अग्रवालले जानकारी दिए ।
शतप्रतिशत अटोमेटिक प्रविधिबाट सञ्चालित उद्योगमा पहिलो चरणदेखि अन्तिमसम्म मेसिन मार्फत काम हुने गरेको छ । उत्पादित सामग्रीहरुको परीक्षणका लागि पनि मेसिनकै प्रयोग हुने गरेको छ । कुनै समस्या देखिएमा तत्कालै समाधान गर्ने गरिएको उनीहरुको भनाई छ ।

तीन वर्षअघि गुणस्तर चिन्ह प्राप्त गरेको विल्डकनले विश्वस्तरीय पेवर्स निर्माण गरिरहेको दावी गरेको छ । अत्याधुनिक प्रविधिको प्रयोग र गुणस्तरीय सामग्रीको प्रयोगबाट बनेको पेवर्समा उपभोक्ताहरु सन्तुष्ट रहेको उनीको भनाई छ । गुणस्तरीय छ, महंगो पनि छ,– उनीहरु भन्छन्, पाँच वर्षको ग्यारेण्टी लिएर काम गरिरहेका छौं । पाँच वर्षसम्म केहि समस्या आएमा नयाँ पेवर्स रिप्लेस गरिदिन्छौं ।

सञ्चालक अग्रवालले नेपालमै एनएस स्टाण्डर्समा एम –४० ग्रेडमा पेवर्स उत्पादन गर्ने विल्डकन नै पहिलो उद्योग भएको बताएका छन् । विश्वभर गुणस्तरीय पेवर्स उत्पादनमा प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा विल्डकन पुगेको उनको भनाई छ ।
नेपालमा कालोपत्रे सडकको विकल्पमा पेवर्सको उत्पादन उत्पादन सुरु गरिएको थियो । कालोपत्रे बनाउन धेरै खर्च हुने, विग्रियो भने पनि मर्मतमा धेरै खर्च हुन्छ, उनले भने, त्यसको तुलनामा यो सुलभ र कम खर्चालु छ । विग्रियो भने थोरै खर्चमा मर्मत गर्न सकिन्छ ।

सडक निर्माणमा बढ्दो प्रयोगले आफ्नो उत्पादन सफल भएको दावी गर्दै उनीहरुले गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने बताएका छन् । उद्योगले उत्पादन गरेका पेवर्समा ८० टनसम्म भारवहन क्षमता रहेको उल्लेख गरिएको छ । सडक निर्माणपछि उपभोक्ता समिति, सरकारी कार्यालयहरुलाई पाँच वर्षको ग्यारेण्टी दिदैं आएको उद्योगले गोटा हिसावमा व्यापार बन्द गरेको छ । सडक निर्माण गर्दा राम्रोसँग नजोड्ने र उद्योगमाथि नै प्रश्न उठ्ने भएपछि गुणस्तरीय कायम राख्न गोटागोटामा विक्री गर्न बन्द गरिएको हो ।

दैनिक १ लाख पिस उत्पादन गर्ने क्षमता भएको विल्डकनले सडक सौन्दर्यता र कम खर्चमा संरचना निर्माण गर्न सर्वसाधारणलाई आव्हान गरेको छ । उनीहरुले फुटपाथ, बाटो प्रयोगका आधारमा पेवर्सहरु प्रयोग गर्न सकिने जानकारी दिए ।

उद्योगका अर्का सञ्चालक नविन गट्टानीले ग्यारेण्टी अनुसार काम गर्दै उपभोक्तालाई सन्तुष्ट बनाउन आफूहरु क्रियाशिल रहेको जानकारी दिए । पाँच वर्षसम्म कुनै समस्या आएमा हामी बदलिदिन्छौं, त्यसमा हामी आफै खर्च गछौं, गट्टानी भन्छन्, उपभोक्ताहरु गुणस्तरीय पेवर्स, ब्लक प्रयोगमा सचेत हुनुभएको छ ।
विल्डकनका अध्यक्ष भीमचन्द्र भट्टराईले गुणस्तरीय सामग्री प्रयोगमा ध्यान दिन आग्रह गरेका छन् । उनले सरकारी तथा निजी क्षेत्रको संरचना निर्माणमा गुणस्तरीयतालाई ध्यान दिन थालिएको बताए ।

शेयर गर्नुहोस :

243
Shares