Banner news

झापाको पाँचै क्षेत्रबाट नेकपाको उम्मेदवार सिफारिस

झापाको पाँचै क्षेत्रबाट नेकपाको उम्मेदवार सिफारिस


झापा । नेपाल कम्युनिस्ट पार्टी झापाले आगामी फागुन २१ गते हुने चुनावको लागि प्रतिनिधी सभा प्रत्यक्ष, राष्ट्रिय सभा र समानुपातिक तर्फ पाँचै वटा क्षेत्रका उम्मेदवारहरु छनौट गरेको छ ।

आकांक्षीहरू बढी भएपछि पालिका, नगर र क्षेत्रबाट आएका नामहरूमध्ये पार्टी सर्कुलर अनुसार दश सदस्यीय छनौट समितिले उम्मेदवारको नाम सिफारिस गरेको हो ।

झापा क्षेत्र नं. १ को प्रत्यक्ष तर्फ सविता भण्डारी, माधव अर्याल, चन्द्रा कार्की, अशेष भट्टराई, समानुपातिक तर्फ मुकुल चन्द्र राजवंशी, कोविलाल मेचे, परशुराम शंकर, ताराराज ओली, उदय बराइली, तारा रुचाल र सूर्य बहादुर बिकको नाम सिफारिस गरिएको छ ।

यस्तै, राष्ट्रिय सभा उम्मेदवारका लागि बोधराज दाहाल (असिम) र बद्रीनाथ फुयाँलको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं. २ मा प्रत्यक्ष उम्मेदवारका रुपमा हरिबोल गजुरेल, धर्मशिला चापागाईं, बासुदेव दुलाल, प्रत्युस आजाद राना र प्रज्वल कडरिया (जेन जेड) लाई सिफारिस गरिएको छ ।

समानुपातिक तर्फ हरिकुमार राना, ज्योति सिंह दर्लामी, भाष्करराज काफ्ले, सनम राजवंशी, योगेश खपाङ्गी, डा. विष्णु प्रसाद मिश्र, देवी बराल, डा. मुरली शाह, दुर्गा आचार्य, तिर्थ सिग्देल र निर खतिवडाको नाम सिफारिस गरिएको जनाइएको छ ।

राष्ट्रिय सभामा लोकबन्धु कन्दङ्वाको नाम सिफारिस गरिएको छ । यस्तै, क्षेत्र नं. ३ मा प्रत्यक्ष तर्फ पुष्पराज पोखरेल, पुर्णसिंह राजवंशी, डम्बर गिरी , चन्द्रा श्रेष्ठ, र कृतम बन (जेन जेड) को नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ मोहन टुडु, हिरा राजवंशी, देवेन्द्र किशोर ढुंगाना, डिल्लिराज घिमिरे, र गंगा प्रसाद ओलीलाई सिफारिस गरिएको छ । राष्ट्रिय सभा तर्फ उम्मेदवारका रुपमा वेदराज रेग्मीको एकल नाम सिफारिस गरिएको जनाइएको छ ।

झापा क्षेत्र नं. ४ मा प्रत्यक्ष तर्फ झलक सिंह दर्लामी (सन्देश), पुरुषोत्तम चुडाल, गौरिमान राई, टेकेन्द्र चम्लागाईं (मनिष) (जेन जेड), अम्बिका उप्रेती, प्रतिक राजवंशी (जेन जेड), समानुपातिक तर्फ मणि कुमार साम्पाङ, कल्पना कार्की, चन्द्रमोहन राजवंशी, केयर सिंह बस्नेत, ढुण्डिराज गुरागाईं र जेबुल हकको नाम सिफारिस गरिएको नेपाल कम्युनिस्ट पार्टी झापाले जनाएको छ । राष्ट्रिय सभामा राम कुमार राई, दिनेश चन्द्र राजवंशी र भरत श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

यस्तै, क्षेत्र नं. ५ मा प्रत्यक्ष उम्मेदवारमा रञ्जित तामाङ, दिपेन वाला राई, हरिमाया मैनाली, सुरेन्द्र बस्नेतको नाम सिफारिस भएको छ भने समानुपातिकमा अजय अग्रवाल, सुलोचना राजवंशी, सुमित्रा वाङ्देल, राधिका ओझा, डम्बर पुलामी, भुमिका कोइराला र लाल सुन्दर राईको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभाको उम्मेदवारका रुपमा प्रविण कुमार राई, दुर्गा चौलागाईं र रमेश गुरागाईंको नाम सिफारिस गरिएको पार्टी जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शेयर गर्नुहोस :

675
Shares