शनिश्चरे । अर्जुनधारा नगरपालिका – ७ स्थित समाज उद्धार कल्याण संघको अध्यक्षमा हरिभक्त बराल सर्वसम्मत चयन भएका छन् । संघद्वारा मंगलबार संस्थाको कार्यालय परिसरमा आयोजित ९ औं साधारणसभा तथा अधिवेशनबाट बराल सर्वसम्मत रुपमा चयन भएका हुन् ।
अधिवेशनले नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा युवाराज धिताल, उपाध्यक्षहरुमा प्रकाश चन्द्र भट्टराई र गंगा थापा, महासचिवमा कृष्णप्रसाद भट्टराई , सचिवमा तेजु बराल र कोषाध्यक्षमा अम्बिका पोखरेललाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा संजय खनाल , हस्त बहादुर कार्की , सुरेश लामिछाने , महानन्द गौतम , दिपक भट्टराई ,टिका पोखरेल र सुरेश भट्टराई चयन भएका छन् ।

लेखा समितिको संयोजकमा देवेन्द्र मैनाली र सदस्यहरु अमृता चापागाईं र कोपिला भण्डारीलाई चयन गरिएको निर्वाचन समितिका संयोजक भिमचन्द्र भट्टराईले जानकारी दिए । समितिको कार्यकाल ३ वर्ष रहनेछ । साधारणसभामा संस्थाको तर्फबाट अध्यक्ष धर्मनन्द गुरागाँईले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार समाज सेवाको भावना राखी वि . सं .२०५५ साल श्रावण १४ गते बृहत भेलाबाट गठन गरी माघ १२ गते विधान वैधानिक रुपमा झापा जिल्ला प्रशासन कार्यालयबाट दर्ता नं.५५० मा दर्ता गरी कार्य संचालन गर्दै आइरहेको छ ।
यस संस्थाको घरपरिवार संख्या ४१० भन्दा बढी रहेको र यो निरन्तर परिवर्तन भइरहने कुरा जानकारी गराइएको छ । ५ बिगाहा ९ कठ्ठा जग्गा संस्थाको भोग चलनमा ल्याई उक्त जग्गालाई अर्जुनधारा खेलमैदान नामाकरण गरी खेल प्रयोजनका लागि उपभोग गर्दै गाउँ ,वडा र नगरका ठूला साना विभिन्न खेलकुद प्रदर्शन गर्दै आएको छ । यो खेलमैदान यस क्षेत्रको गहना रुपमा भएको छ ।
खेलमैदानको दक्षिण पूर्व शौचालयसहित २ तले पक्की भवन निर्माण गरी कार्यालय प्रयोजन गरिएको उल्लेख छ । त्यस्तै संस्थाका महासचिव मेदनी प्रसाद ढुंगेलले आर्थिक वर्ष ०८१-०८२ को असार मसान्तसम्मको सम्पूर्ण खर्च कटाएर जम्मा ३७ हजार ९ सय ८५ रुपैयाँ आम्दानी विवरण प्रस्तुत गरेका थिए । ०८२ साउन देखि मंसिर मसान्तसम्मको ७२ हजार ९ सय ५४ रुपैयाँ आम्दानी र खर्चतर्फ २५ हजार २९ रुपैयाँ रहेको छ भने ४७ हजार ९ सय २५ रुपैयाँ बचत रहेको प्रतिवेदन उल्लेख छ ।
लेखा समितिको तर्फबाट लेखा संयोजक देवेन्द्र मैनालीले सुझावसहित प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष गुरागाँईको सभापतित्व तथा अर्जुनधारा नगरपालिका – ७ का वडाध्यक्ष गोविन्द प्रसाद खतिवडाको प्रमुख आतिथ्यता कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्यहरु (८४ वर्ष माथिका ) सूर्य प्रसाद भट्टराई ,मोहन प्रसाद धिताल ,डिल्ली बहादुर भण्डारी ,शिवलाल धमला, इन्द्रबहादुर श्रेष्ठ लगायत ८ जनालाई सम्मान गरिएको थियोे ।
त्यस्तैबीच उत्कृष्ट छोरीबुहारी उमा लामिछानेलाई सम्मानपत्रसहित नगद पुरस्कारले सम्मान गरिएको थियोे । सो अवसरमा उपेक्षा धिताल र सञ्जु खतिवडाले आँखैमा राख्छौं मेरो देश , मुटुमा राख्छौं मेरो देश भन्ने गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै दिक्षिता शिवाकोटी र साथीहरूले सामुहिक नृत्य र रोजिना चापागाईंले एकल नृत्य प्रस्तुत गरेका थिए । उपाध्यक्ष हरिभक्त बरालले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि खतिवडाले संस्था जन्माउन गाह्रो नभएको तर संस्थालाई हुर्काउन गाह्रो भएको बताए । संस्थामा साना –ठुला समस्याहरु आइलाग्दा सहकार्य गरेर हल गर्न उनको सुझाव थियो ।
संघीय , प्रदेश र स्थानीय सरकारको सहयोगमा अर्जुनधारा खेलमैदानको स्तर उन्नति भइरहेको उनले जानकारी गराए । खेलमैदान निर्माण सम्पन्न धेरै काम बाँकी रहेको सुनाए । कार्यक्रममा संस्थाका सल्लाहकार तथा अर्जुनधारा संस्कृत आदर्श मावि विव्यस अध्यक्ष कमल गुरागाँई ,अर्जुनधारा जलेश्वरधामका उपाध्यक्ष अम्बिका प्रसाद खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए भने समाजका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।







प्रतिक्रिया