Banner news

भद्रपुरमा जहाज दुर्घटनापछि नेता खरेलको प्रतिक्रिया – नयाँ जीवन पायौं

भद्रपुरमा जहाज दुर्घटनापछि नेता खरेलको प्रतिक्रिया – नयाँ जीवन पायौं


बिर्तामोड । नेकपा एमालेका नेता अग्नी खरेलले भद्रपुर विमानस्थलमा भएको दुर्घटनापछि नयाँ जीवन पाएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार सबै यात्रुहरु सकुशल रहेका छन् ।

काठमाडौंबाट भद्रपुर आएका नेता खरेलले जहाज दुर्घटनामा परेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । जहाज रनवेदेखि चिप्लिएर ३ सय मिटर बाहिर खोल्सामा पुगेको उनले जानकारी दिए । रनवेबाट चिप्लिए जस्तो भयो, पछि खोल्सामा पुगेपछि मात्र थाहा पायौं, उनले भने – सबै यात्रुहरु सकुशल छौं ।

सवा ९ बजे भएको घटनापछि विमानस्थलमा अहिले दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । जहाज दुर्घटनाको खवरले विमानस्थलमा सर्वसाधारणको भीड लागेको छ । जहाजबाट बाहिर आएका यात्रुहरुले मानवीय क्षति नभएको प्रतिक्रिया दिएका छन् । सामान्य चोटपटक लागेको होला, बाहिर आएका यात्रुको भनाई छ ।

घटनास्थलमा झापाका प्रहरी प्रमुख राजन लिम्बुको कमाण्डमा ७० जना प्रहरी टोली खटिएको छ ।

शेयर गर्नुहोस :

8.7k
Shares