बिर्तामोड

झापा ४ मा एमालेबाट एलपी साँवासहित ३ जना सिफारिस

झापा ४ मा एमालेबाट एलपी साँवासहित ३ जना सिफारिस


बिर्तामोड । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नं. ४ बाट एलपी साँवा लिम्बुसहित ३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

आज सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ४ को बैठकले जिल्लालाई ३ जनाको नाम सिफारिस गरेका हो । बैठकले प्रत्यक्ष तर्फको उम्मेदवारका रुपमा एलपी साँवा लिम्बु, हिरा थापा र भोजकुमारी नेपालको नाम सिफारिस गरिएको जनाइएको छ ।

शेयर गर्नुहोस :

2k
Shares