वीरु दर्नाल
झापा । महेन्द्र रत्न मावि अनारमनीको पूर्व विद्यार्थी समाजको अध्यक्षमा मदन गोपाल सुब्बा सर्वसम्मत चयन भएका छन् । समाजको शनिवार सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले सुब्बाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समाजका संस्थापक अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिचरण शिवाकोटी रहेका थिए ।

आगामी दुई वर्षको लागि चयन १५ सदस्यीय नयाँ समितिको उपाध्यक्ष रुपक थापा, सचिब भूविक्रम बस्नेत , कोषाध्यक्ष नरेश न्यौपाने रहेका छन् । त्यस्तै सदस्यहरु भावना आचार्य , शारदा न्यौपाने , ईन्दिरा भट्टराई , शान्ता चुडाल , शोभा आचार्य , कमलराज बिमली , शुसिल बस्नेत , बाबुलाल अग्रवाल , कृष्णलाल राजवंशी , गोपाल दाहाल र किशोर मैनाली चयन भएका छन् ।
अध्यक्षको प्रतिवेदन संस्थापक अध्यक्ष पोखरेल , संचालन मोहन शिवाकोटी र स्वागत मदन गोपाल सुब्बाले गरेका थिए । कार्यक्रममा चार जना शिक्षकलाई सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेल , नेत्र प्रसाद खरेल , भोजराज दाहाल र युवराज कट्टेललाई सम्मान गरिएको थियो ।
प्रमुख अतिथि हरिचरण शिवाकोटी, पूर्व प्रधानाध्यापक देवेन्द्र गौतम र प्रधानाध्यापक खड्गप्रसाद खरेलले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा समाजद्वारा प्रकाशित महेन्द्र रत्न प्रेरणा पुञ्ज स्मारिका विमोचन गरिएको थियो । समाजको हालसम्म १७ लाख रुपैयाँ अक्षयकोषमा जम्मा भएको र १५१ जना पूर्व विद्यार्थी आजीवन सदस्य रहेको काजी बुढाथोकीले जानकारी दिए ।
पहिलो पटक वि.सं. २०७९ साउन २१ गते विद्यालय परिसरमा सम्पन्न भेलाले राजकुमार पोखरेलको अध्यक्षतामा तदर्थ समिति निर्माण गरेको थियो । यस्तै ०७९ मंसिर २८ गते भूतपूर्व विद्यार्थी समाजको जिल्ला प्रशासन कार्यालय झापामा दर्ता गरिएको थियो ।
संस्थाको अक्षयकोषमा ५ हजार ५ सय समर्पण गर्ने सदस्यलाई स्वतः संस्थाको आजीवन सदस्य हुने व्यवस्था गरिएको डा. लक्ष्मीप्रसाद मैनालीले जानकारी दिए । ०१४ सालमा स्थापना भएको विद्यालयले ०२७ सालदेखि प्रवेशिका परीक्षा सञ्चालन गरेको थियो ।
समाजको नेतृत्वमा हालसम्म गुरु पूर्णिमाको अवसरमा गुरु सम्मान् , शुद्ध खानेपानी ट्याङ्की , छात्रवृत्ति, लामो दुरीबाट आउने छात्रालाई साईकल वितरण तथा विभिन्न सिपमुलक तालिमको संचालन गर्दै आएको वेदप्रकाश न्यौपानेले जानकारी दिए ।







प्रतिक्रिया