बिर्तामोड । नेकपा एमालेका नेता पूर्वमन्त्री अग्नी खरेलले संविधान रक्षाका लागि निर्वाचन वा संसद पुनस्र्थापना अनिवार्य भएको बताएका छन् । बिर्तामोडमा आज विहान सञ्चारकर्मीसँग कुरा गर्दै संविधान रक्षाका लागि दुई वटा विकल्प रहेको बताए ।

जेनजी आन्दोलनपछि संविधान च्यात्ने काम भएको बताउँदै उनले अब यसको रक्षार्थ निर्वाचन पहिलो विकप्ल भएको बताए । निर्वाचन फागुन २१ मा हुनुपर्छ, उनले भने, निर्वाचन नभए संविधानको रक्षा गर्न संसद् पुनस्र्थापना अनिवार्य छ । नेता खरेलले निर्वाचन हुनेमा शंका व्यक्त गरेका छन् । सरकारको गतिविधि निर्वाचनको तयारीमा देखिए पनि अझै शंका गर्ने आधार भएको स्पष्ट पारे । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथिको स्थान हद, असुरक्षाको अवस्थाले फागुन २१ मा निर्वाचन हुनेमा आफु सशंकित भएको प्रतिक्रिया दिए ।
प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गर्ने बैठकमा भाग लिन झापा आएका उनले पार्टीको निर्णयलाई मानेर जाने धारणा व्यक्त गरेका छन् । पार्टीको निर्णय मेरो पक्षमा वा अरु कसैको पक्षमा भए पनि सबैले स्वीकार गरेर विजय गराउनु लाग्नुपर्ने बताए । झापा २ मा यसअघि पनि इच्छा व्यक्त गरेका खरेलले भने, म झापा २ बाहेक अर्को क्षेत्रबाट निर्वाचनमा सहभागी हुन्न, पार्टीले पक्कै विवेकपूर्ण निर्णय गर्नेमा आफू ढुक्क छु ।
अघिल्लो निर्वाचनमा झापा १ मा नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मासँग पराजित भएका खरेलले २ नं. क्षेत्रका लागि लविङ गरिरहेका छन् । क्षेत्रमा भेटघाटलाई तिब्रता दिएका नेता खरेलको नाम क्षेत्रीय समन्वय कमिटीले जिल्लालाई सिफारिस गरेको छ ।







प्रतिक्रिया