Banner news

बाह्रदशीका अध्यक्ष देवेन्द्र चम्लागाई : पार्किङस्थलबाटै जनताको सेवामा

बाह्रदशीका अध्यक्ष देवेन्द्र चम्लागाई : पार्किङस्थलबाटै जनताको सेवामा


बिर्तामोड । झापा बाह्रदशी गाउँपालिकाका अध्यक्ष देवेन्द्र चम्लागाई पार्किङस्थलबाट जनताको सेवामा लागिरहेका छन् । जेनजी आन्दोलनका क्रममा कार्यकक्ष समेत रहेको भवनमा आगजनी भएपछि अध्यक्ष चम्लागाईले पार्किङस्थलमा सेवा दिदैं आएका छन् ।

वरिपरि जलेका भौतिक संरचना र सवारी साधनका बीचमा बसेर अध्यक्ष चम्लागाईले सेवा दिदैं आएका हुन् । कार्यालय परिसरमा बनाइएको मोटरसाइकल पार्किङस्थलमा टेलव कुर्सी राखेर दैनिकी सेवा प्रवाह गरिरहेको भेटिन्छन् । पहिलो पटक आउनेहरुलाई असाध्यै निराश बनाउने दृष्य देखिन्छ छ, बाह्रदशी गाउँपालिकामा भेटिएका एक सेवाग्राही भन्छन्, यो अवस्थामा पनि अध्यक्षले आत्मवल बलियो बनाएर सेवा दिनुभएको छ । जलेको जेसीवी, कार्यालय संरचनासँगै बलियो आत्मवल बनाएर काम गरेको देखेर सेवाग्राही समेत दिनहुँ सहानुभूति प्रकट गरेर जाने गरेका छन् ।

जेनजी आन्दोलनपछि अध्यक्षले गाउँपालिकामा पार्किङबाटै सेवा दिन सुरु गरेका थिए । बेलुका घर नफर्किएसम्म मोटरसाइकल पार्किङ एरियामा जलेको जेसीविसँगै टेवल राखेर जनताको सेवामा क्रियाशिल उनले नयाँ भवन बनेपछि सर्ने जानकारी दिए ।

गत भदौ २४ गते बाह्रदशीका अध्यक्ष र उपाध्यक्षको कार्य कक्ष रहेको प्रशासनिक भवनमा क्षति पुगेको छ । अघिल्लो सरकारले करिव ५४ लाख लागतमा खरिद गरेको भ्याकु लोडर समेत पुर्ण रुपमा काम नलाग्ने भयो ।

चम्लागाई पालिका प्रमुखमा निर्वाचित भएपछि बाह्रदशी सामुदायिक क्याम्पसलाई दर्ता गरेर अघि बढाएका छन् । उनको त्यो कदमलाई गाउँपालिकाका बासिन्दाले खुलेर प्रशंसा गर्दै आएका छन् । त्यस लगत्तै थालेको अधुरो १५ शैयाको विशेषज्ञ सहितको स्वास्थ्य अस्पताल सम्पन्न हुन लागेको छ । हालसम्म चक्चकी गाविसको कार्यालयमा रहेको पालिकाको आफ्नै प्रशासकीय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । यस्ता दर्जनौं योजनाहरु चम्लागाईले अघि सारेका छन् । कतिपय पुरा गरिसकेका छन् ।

अध्यक्ष देवेन्द्र चम्लागाईले आफ्नो अघिपछि कहिले क्यामेरामेन लिएर नहिडेका कारण सामाजिक सञ्जालमा उनको गतिविधि देख्न पाइदैन । उनका जानकार भन्छन्, जस्ले गर्दा विरामी असाहयलाई भेटेको न कसैले देख्छ, न बाह्रदशीमा यीनले के–के काम गर्दैछन् भन्ने कसैले थाहा पाउछ ।

अध्यक्ष चम्लागाईले बाह्रदशीमा कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्था गरेका छन् । निशुल्क कृषि विद्युत महशुल भुक्तानी, पालिकाका करिव ८७% प्रतिशत क्षेत्रमा भोल्टेज सुधार, निशुल्क फ्रेस ब्लड (पछि रकम भुक्तानी), दाहसंस्कारका लागि निशुल्क दाउरा उपलब्ध गराउने कामले स्थानीयस्तरमा प्रशंसा हुने गरेको छ ।
यो बर्ष मात्रै बाह्रदशीमा २२ किमि भन्दा बढी कालोपत्रे सडक बन्दै गरेको जनाइएको छ ।

शेयर गर्नुहोस :

3k
Shares